नियम ५२
प्रहरीको जिम्मा लगाउने
(१) न्यायाधिकरणको फैसलाले लागेको कैद, दण्ड
जरिवाना वा सरकारी विगो आदिमा पक्राउ भएको व्यक्ति तत्काल न्यायाधिकरणमा
बुझाउन न्यायाधिकरण बन्द भएको कारणले सम्भव नभएमा वा न्यायाधिकरणमा
पुर्याउन बढी समय लाग्ने भए त्यस्तो व्यक्तिलाई पक्राउ गर्ने व्यक्तिले तत्कालै
नजिकको प्रहरी कार्यालयमा बुझाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पक्राउ परेको व्यक्तिलाई सम्बन्धित प्रहरी
कार्यालयले हिरासतमा राखी न्यायाधिकरण खुल्नासाथ न्यायाधिकरणमा उपस्थित
गराउनु पर्नेछ ।